एनआईसी एसिया बैंक र अकामा होटलबीच सम्झौता



काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ । एक कार्यक्रमकाबीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदान प्रदान गरेका थिए ।
उक्त समझदारीबमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरेबापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने छन्् भने बैंकका कर्मचारीहरूलाई पनि सो योजनाअनुसारको छुट उपलब्ध हुने बैंकले जनाएको छ । समझदारीका सर्तहरू एक वर्षका लागि लागू हुनेछन् भन्दै बैंकका ग्राहकले देशभरका २ हजार ४ सयवटाभन्दा बढी अस्पताल, होटल तथा रेस्टुराँ, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने पनि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्