११७ बर्षिया महिला नुवाकोटमा
काठमाडौ । विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी नुवाकोटकी ११७ बर्षिया बाटुली लामिछानेलाई नुवाकोटबाट निर्वाचित प्रदेश सासंद बद्री मैनालीले आइतबार २५ हजार रुपैंया सहयोग गरेका छन् । लामिछानेजतिको उमेरको अहिलेसम्म अरुले दावी नगरेकाले पनि उनी विश्वकै जेष्ठ नागरिक भनिँदै आइएको छ ।
सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेको जनाएका छन् । पहिलेदेखि नै उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्दै आएका छन् । अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा उनले पाँच महिना बराबरको सहयोग रकम एकमुष्ठ प्रदान गरेका हुन् । सांसद मैनालीले थानसिंग आँपचौरकी लामिछानेलाई आफू यो पदमा रहँदासम्म मासिक ५ हजार दिने घोषणा गरेका थिए । गत श्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदान गर्दै आएका छन् । त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौला पीडित अनेरास्ववियुका पूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागि पनि २५ हजार रुपैया सहयोग गरेका थिए ।