म माटो



हिरा गौतम हिरु

विधा : कविता
शीर्षक : म माटो हु

म आफै माटो हु र
म आफै बिरुवा
यो धर्ती फोडेर
उम्रन चाहन्छु ।।

म बिउ हु र
मलाई रोपेको
माटो मुनि काँसको कचौरा घोप्टयाइएको छ र म त्यो काँसको
कचौरा फोडेर पीपल भै उम्रन चाहन्छु
र जसरी पीपलका जरा समुद्र सम्म
पुगेका हुन्छन् र जस्तो सुकै खडेरी मा
पनि हराभरा हुने र चौतारी मा थकाइ
मार्न आउने बटुवाहरुलाई निरन्तर शीतलता दिइ रहन्छ ।।
हो त्यसरी नै काँच फोडेर बिछ्ययाइको मेरो जिन्दगी को
बाटोमा केही कतै अलिकति पनि
विचलित नभई खुट्टामा बाटा
चप्पल पट्काउन नपाए पनि
थाक्ने छैनन् मेरा खाली पैताला

मलाई तिम्रो व्यवहार र आकाश मा लाग्ने बादल उस्तै लाग्छ! !
कहिले टम्म भएर आकाश ढाकि दिन्छ
कहिले घामलाई मधुरो पारिदिन्छ
त कहिले सर्लक्क फाटेर सफा भइदिन्छ !!

म बारम्बार एउटै प्रश्न को उत्तर नपाएर प्रश्न मै हरान वाध्य हुन्छु
कति पटक ईश्वर लाई सोध्छु तर
भगवान सधै नाजवाफ चुप बस्नु हुन्छ !!
साच्चै कहा पाउछु होला म त्यो प्रश्न को जवाफ !!
आज पनि म फेरी त्यही प्रश्न गर्दै छु
साच्चै को सँग खोल्नु पर्छ हुँ यो मन
साच्चै कहा छ होला त्यो चौतारी
जहा यो मन सबै पोखेर लामो सास
फेरेर नयाँ बाटो रोजेर हिड्ने !!

त्यसैले म आफै माटो हुन चाहन्छु
अनि आफै बिरुवा !!!
त्यसपछि फूल्छु सुगन्धित फूल भएर
अनि फल्छु मिठो फल ।।।।

प्रतिक्रिया दिनुहोस्