नारी दिवसमा प्रशान्तिको किड्स क्वीज प्रतियोगिता



काठमाडौं ,फागुन २५। प्रशान्ति एकेडेमी ले ११०औं नारी दिवस एक कार्यक्रम गरी मनाएको छ। सोही कार्यक्रममा स्कुलद्वारा आयोजित किड्स क्वीज प्रतियोगिको पुरस्कार पनि वितरण गरिएको छ।
उक्त क्वीज प्रतियोगीतामा ५ बर्ष मुनिका नर्सरी देखि यु केजी सम्मका जम्मा १६ टीमका प्रतियोगी अडीसन, छनौट चरण हुदै फाईनलमा ४ टीम पुगेका थिए।
नारी दीवस को पावन अवसर पारेर एक कार्यक्रमबीच फागुन २५ गते पहीलो, दोस्रो, तेस्रो र सान्त्वनालाई ट्रफी प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो।
प्रमुख अतिथी अपेन केन्द्रीय समितिका उपाध्यक्ष तथा सिटी मन्टेश्वरीकी प्रिन्सिपल पुस्पा रिजाल उपस्थितिमा भएको सो कार्यक्रममा सम्पुर्ण महीला शिक्षक कर्मचारीलाई र उपस्थित अभिभावकलाई पनि सम्मान समेत गरिएको गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्