“ख्लासी अनिउ” तामाङ भाषाको अहिलेसम्मकै उत्कृष्ट चलचित्र



तामाङ चलचित्र निर्माणको २४ वर्षे इतिहासमा नै “ख्लासी अनिउ” उत्कृष्ट बनेको दर्शकको भनाई गत फागुन १७ गते रोशी डिजिटल प्रा.लि.को प्रस्तुति तामाङ फाउण्डेशन नेपालको अध्यक्ष अरुण घिसिङ्को निर्माण तथा निर्देशन नेपाल तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि इन्दिरा वाईबाको कार्यकारी निर्माणमा बनेको तामाङ कथानक चलचित्र “ख्लासी अनिउ”(छोडी नजाउ)को विशेष प्रदर्शन र तामाङ साहित्यकार योगेश राल्फालीद्वारा लिखित तामाङ फाउण्डेशन नेपाल केन्द्रीय समितिद्वारा प्रकाशित कविता सङ्ग्रह “घाईते ताम्सालिङ”को लोकार्पण राष्ट्रिय नाचघर जमलमा तामाङ फाउण्डेशन नेपालको अध्यक्ष एवं रोशी डिजिटल प्रा.लि.को अध्यक्ष साथै युवा नेता अरुण घिसिङ्को सभापतित्वमा चिनियाँ लामा(भुपती बज्र लामा)को प्रमुख अतिथि नेपाली काङ्ग्रेस सिन्धुली जिल्ला कार्यसमितिको उपसभापति श्री खड्ग बहादुर वाईबाको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम सफलताको शुभकामना दिने क्रममा तामाङ चलचित्र निर्देशक बिनय दोङ तामाङ,तामाङ चलचित्र सङ्घको अध्यक्ष बिकु थोकर,पूर्व सभासद कर्णजित बुढाथोकी,नेपाल प्रहरीको एस.एस.पि. बसन्त कुमार लामा लगायत शुभकामना मन्तव्य दिनु हुदै तामाङ चलचित्र विकास विस्तार देखि चलचित्रको निर्देशक अरुण घिसिङ्को खुलेरै प्रशङ्स गर्नु भएको थियो ताकी तामाङ समुदाय मात्र नभई नेपाली समाज रुपान्तरणको लागि महत्वपूर्ण ब्याक्तित्व भएको समेत भन्न भए अतिथ गणहरुले त्यसैगरी विशेष अतिथी नेपाली काङ्ग्रेस सिन्धुली जिल्ला कार्यसमितिका उपसभापति खड्ग बहादुर वाईबाले शुभकामना मन्तव्यमै “ख्लासी अनिउ”को लागि आफ्नो तर्फबाट र आफ्नो पार्टी बाट हदै सम्मको सहयोग गर्न समेत तयार रहेको बताउनु भयो साथै निर्देशक अरुण घिसिङ्को खुलेर प्रशङ्स गर्न छुटाउनु भएन साथै प्रमुख अतिथिले तामाङ समुदायको लागि आफ्नो तर्फबाट सदैब सहयोग गर्न तयारी रहेकोे बताउनु भएको थियो चलचित्रमा ऋतुराज पाख्रीन,इन्दिरा वाईबा,निश्चल योन्जन,सुश्मा मोक्तान,प्रकाश वाइबा,राज लामा पाख्रीन,कुईसाङ रुम्बा,बाबुराम ग्याबा तामाङ,राजु नेगि र अनिता नेगिको अभिनय हेर्न सकिन्छ भने कथा/पटकथा ऋतुराज पाख्रीन शब्द जीवन बोम्जन/ऋतुराज पाख्रीन संगीत अमृत लामा,सम्पादन/छायांकन बिक्रम लामा मोक्तान,नृत्य अजय स्याङ्तान, द्वन्द राजु तामाङ पोस्ट प्रोडक्सन रोशी डिजिटल प्रा.लि.ले गरेको थियो भने चलचित्रको छायांकन सिन्धुली,काभ्रे,दोलखा र रामेछापको स्थानहरुमा गरेको थियो ।साथै “घाईते ताम्सालिङ” कविता सङ्ग्रह लोकार्पणले पहिचानको मुद्दालाई झन पिचिलो ढङ्गले उठान भएको देखिन्थ्यो । कार्यक्रमको संचालन शितल मोक्तानले गरेको थियो भने स्वागत मन्तव्य चलचित्र “ख्लासी अनिउ”कार्यकारी निर्माता एवं नेपाल तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि इन्दिरा वाईबाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्