फिल्म “ख्लासी अनिउ”को गीत “डिहिरी छार्वा” सार्वजनिक



काठमाडौँ, ११ फागुन । तामाङ फाउण्डेशन नेपालका अध्यक्ष, नेकपा (माओवादी केन्द्र) को पोलिटव्यूरो सदस्य तथा निर्देशक अरुण घिसिङद्वारा निर्मित चलचित्र ‘ख्लासी आनिउ’ को पहिलो गीत ‘डिहिरी छार्वा’ सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त चलचित्रको पहिलो गीत सार्वजकि गरिएको हो ।
कार्यक्रममा फिल्मका निर्माता तथा निर्देशक घिसिङले तामाङ समूदायमा आधारित अहिलेसम्म एक सय ३० वटा फिल्म निर्माण भइसकेको जनाउँदै भने,‘नेपाली समाजमा तामाङ समूदाय उत्पीडनको समुदाय, यसलाई उजागर गर्न जरुरी छ ।’ गुणस्तरीय नभएको र दर्शकका आकांक्षालाई पुरा नगरेको कारण नेपाली चलचित्रहरुले राम्रो प्रदर्शन नगरेको उनको भनाई थियो ।
दर्शकको इच्छा र आकांक्षालाई ध्यान दिएर चलचित्र निर्माण गरिएको उनले बताए । उक्त चलचित्रले मूलधारका नेपाली चलचित्रसंग प्रतिष्पर्धा गर्ने उनको दाबी छ । ‘ख्लासी आनिउ’ को दोस्रो भागको लागि काम भइरहेका समेत उनले जनाए । उनले भने,‘आगामी बैशाखसम्ममा यो चलचित्रको दोस्रो भाग आईसकेका छन् ।’ तामाङ समूदायको सामान्य जीवनमा आधारित उक्त चलचित्र यही फागुन १७ (शनिबार) बिहान ११ बजेदेखि काठमाडौंको जमलस्थित् राष्ट्रिय नाँचघरमा प्रदर्शन हुने निर्देशक घिसिङले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा गीतका लेखक तथा फिल्मका नायक ऋतुराज पाख्रिनले गाउँका सामान्य जीवनलाई चलचित्रमा उतारिएको स्पष्ट पारे । उनले भने,‘तामाङ समूदायका उत्पीडनलाई चलचित्रको माध्यमबाट उजागर गर्न जरुरी छ ।’ कलाकारलाई राज्यबाट कुनै सहयोग नरहेको उनको गुनासो थियो । कलाकारको पीडालाई राज्यले बुझ्न आवश्यक रहेको पनि उनले आवश्यकत्ता औंल्याए । ‘च्यारिटीको भरमा हामीले चलचित्र निर्माण गर्दै आएका छौं, समुदायमा आधारित चलचित्रलाई प्रोत्साहन गर्न राज्य गम्भीर हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्