एनएमबीले हाइड्रोमा लगानी गर्ने



काठमाडौं । एनएमबी बैंकले चेपे खोला साना जलविद्युत आयोजनामा रु १ अर्ब १२ करोड ५० लाख लगानी गर्ने भएको छ ।

ऋण लगानी गर्ने सम्झौतापत्रमा बैंक र आयोजनाको विकासकर्ता आशुतोष इनर्जीबीच ऋण लगानी सम्बन्धी सम्झौता भएको छ । आयोजना लम्जुङको दुधपोखरी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकामा पर्छ । आयोजनाको जडित क्षमता ८.६३ मेगावाट छ । आयोजनाबाट २०७८ फागुन ९ गतेसम्म बिजुली उत्पादन गर्ने छ । आयोजनाबाट उत्पादन हुने बिजुली लमजुङ्गको कीर्तिपुर सवस्टेशनमा जोडिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्