सिद्धार्थ बिजनेस ग्रुप र सिटिजन्स बैंकबीच सम्झौता



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एन्ड हस्पिटालिटीबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापश्चात् बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहकले सिद्धार्थ बिजनेस ग्रुप एन्ड हस्पिटालिटीको देशैभरि रहेका होटेल, क्याफे तथा रिस।ेर्टमा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैकले मुलुकभर फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र १ सय ३ वटा शाखारहित बैंकिङ एकाइबाट करिब ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्बा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगीकार गर्दै बैंकले ग्राहकलाई घरमै बसेर छिटोछरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनासमेत सञ्चालनमा ल्याएको छ । अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी पीओएस मेसिनमार्फत सामान वा सुविधा खरिद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक हुने योजना बंैकले ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्