राजधानीमा माप्यदुधकोशी-काठमाडौ सम्पर्क कमिटीको शुभकामना आदानप्रदान
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माप्यदुधकोशी-काठमाडौ सम्पर्क आयोजक कमिटीले नव बर्ष २०७७ को पुर्ब सन्ध्यामा शुभकामना आदानप्रदान तथा सहभोज कार्यक्रमको आयोजना गरेको छ। राजधानीको सुकेधारास्थित नबदुर्गा पार्टी प्यालेसमा हाल जारी रहेको सो कार्यक्रममा बक्ताहरुले बोल्ने कार्यक्रम जारी रहेको बताइएको छ।
नेकपाका केन्द्रिय सदस्य एबं सोलुखुम्बुका संघीय संसद प्रतिनिधि सभाका सदस्य हेम कुमार राई “सुरबीर” को प्रमुख आतीथ्य र अर्का केन्द्रिय सदस्य शिव बहादुर बस्नेत “राजेन्द्र” को विशिष्ठ आतिथ्यमा भैरहेको सो कार्यक्रममा माप्यदुधकोशी गाउँपालिका उपाध्यक्ष जुनिता मगर र थुलुङ्ग दुधकोशि गाउँपालिका अध्यक्ष अशिम राई लगायतले आ-आफ्नो धारणा राखिसक्नु भएको जिल्ला कमिटी सदस्य इन्द्र कुमार राईले जानकारी दिए। सोलुखुम्बुबाट आएर राजधानीमा बसोबास रहेका अधिकांश नेकपाका नेताकार्यकर्ताहरु सहभागी रहेको सो कार्यक्रममा १ नं प्रदेश सांसद उत्तम कुमार बस्नेत,पुर्ब सभासद् आङदावा शेर्पा , नेकपा प्रदेश कमिटी सदस्य करुणा ढुंगेल,नेकपा सोलुखुम्बुका जिल्ला कमिटी सदस्यहरू गौरब राई, मणि तामाङ , प्रकाश खालिङ्ग लगायतको उपस्थिति रहेको जानकारी राईले दिए। कार्यक्रम माप्यदुधकोशी-काठमाडौं सम्पर्क आयोजक कमिटीका अध्यक्ष चन्द्र घिमिरेको सभापतित्वमा भएको हो ।