माउण्ट गौरिशंकर स्कुलको २८ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । बालुवाटरमा रहेको माउण्ट गौरिशंकर स्कुलको २८ औं वार्षिकोत्सव तथा अविभाभव दिवस आज सम्पन्न भएको छ ।

स्कुलले आफ्नै विद्यालय प्रांगणमा आयोजना गरेको कार्यक्रममा गत शैक्षिक शत्रमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको संस्थापक प्रिन्सिपल रामकृष्ण बलले जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख अतिथि पाटन क्याम्पसका नेपाली विभागका प्राध्यापक डा. कृष्णप्रसाद दाहालले विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो । ‘विद्यालयले विद्यार्थीका लागि हरेक किसिमको अवसर सिर्जना गरेको छ, जसका कारण विद्यार्थीले पनि सफलता पाएका छन्’ दाहालले भन्नुभयो ‘ अहिलेको राजनीतिक नेतृत्वले देश र जनताको पक्षमा काम गर्न सकेन, सिंगो देशलाई विभाजन गरेर गलत गरेका छन् ।’
दाहालले प्राकृतिक रुपमा नै सुन्दर देशमाथि विभिन्न वहानामा विभाजन गर्ने काम राजनीतिले गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । ‘हामीले त त्यस्तो गलत शिक्षा दिएका थिएनौं, नीति ठीक भएपनि नेतृत्व नहुँदा संकट देखापरेको छ’ दाहालले भन्नुभयो । कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले लोक, सांस्कृतिक, पप, नेवारी साथै अन्य प्रकारका नृत्य प्रस्तुत गरेका थिए ।
संस्थापक प्रिन्सिपल बलले सार्क खेलकुदमा कराँतेमा तेस्रो स्थान प्राप्त गर्ने सुस्मिता वाइवालाई पनि सम्मान गरिएको बताउनुभयो । उहाँले २८ वर्षअघि स्थापित विद्यालयले विद्यार्थीका लागि अध्ययनमा हरेक प्रकारका सहज वातावरण सिर्जना गरिदिएको दावी गर्नुभयो । झण्डै ३ सय विद्यार्थी रहेको यो विद्यालयमा विद्यार्थीलाई बोडर्स पनि गरिएको छ । १६ औं व्याज एस्इई उत्तिर्ण गराइसकेको यो विद्यालयले यसपालि पनि शत प्रतिशत नतिजा ल्याएको छ । सबै विद्यार्थी ए प्लस र ए ल्याएर उत्तिर्ण भएका छन् ।
संस्थापक प्रिन्सिपल बलले सबैको सहयोगबाट विद्यालय आजको अवस्थामा आएकाले आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।