बास्कोटाको बाछिटाले प्रधानमन्त्रीलाई धब्बा !
मुक्ति बास्तोला
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल वाँस्कोटा घुस प्रकरणका कारण सरकारवाट वाहिरिन वाध्य भएका छन् । सेक्युरिटि प्रेस खरिद प्रकरणमा स्वीस कंम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसंग गरेको घुस वाँर्गेनिङको श्रव्य सामाग्री सार्वजनिक भएसंगै सामाजिक संजाल र प्रमुख विपक्षी दल नेपाली कांग्रेसको चर्को दवावका कारण मन्त्री वाँस्कोटा सरकारवाट वाहिरीन वाध्य भएका हुन् । मन्त्री वाँस्कोटा घुस वाँर्गेनिङ प्रकरणमा सरकारवाट वाहिरिन वाध्य भएसंगै प्रधानमन्त्री केपी शर्मा ओली नैतिक संकटमा पर्नु अस्वभाविक होइन ।
मन्त्री वाँस्कोटा प्रधानमन्त्री ओलीका सबैभन्दा वढी विश्वासिला व्यक्ति हुन् । नजिकको सम्वन्ध र विश्वासकै कारण आफू वालुवाटारस्थित प्रधानमन्त्री निवासमा सरेसंगै प्रधानमन्त्री ओलीले आफ्नो नीजि निवास वालकोटमा मन्त्री वाँस्कोटाको वसोवासको प्रवन्ध मिलाएका थिए । पुल्चोकस्थित मन्त्री क्वाटर र लोकन्थलीस्थित मनोहरा किनारको एक तल्ले आफ्नै घरको विकल्प छँदा छदै मन्त्री वाँस्कोटा वालकोटस्थित ओली निवासमा सरेको घटनाक्रमले नै ओली वाँस्कोटा सम्वन्ध स्पष्ट पार्दछ । पार्टीकै अन्य सहयात्रीहरुलाई निकै पछाडी पु¥याएर गृह जिल्ला काभ्रेको राजनीतिमा वाँस्कोटा एकैचोटी शिखरमा पुग्नुको पछाडि पनि पार्टी अध्यक्ष समेत रहेका अध्यक्ष ओलीकै हात रहेको वुझ्न कठिन छैन । त्यसमाथि पनि धुलिखेलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले वाँस्कोटाको प्रशंशा गरेको घटनाक्रमले उनी ओलीका कतिप्रिय थिए भन्ने कुरा छर्लङ बनाउने काभ्रे नेकपाकै नेताहरुले वताउने गरेका छन् । केही दिन अघि आयोजित सो कार्यक्रममा जिल्लावासीहरुलाई वधाई दिंदै प्रधानमन्त्री ओलीले वाँस्कोटालाई काभ्रे जिल्लाकै सपुतको संज्ञा दिएका थिए । प्रधानमन्त्री ओलीले भनेका थिए—‘काभ्रे जिल्लामा तुलाको एकातिर अरु सबै र अर्कोतिर वाँस्कोटा हुने हो भने राजनीतिक रुपमा वाँस्कोटाकै वेट वढि हुन्छ ।’ यो अभिव्यक्तिले नै वाँस्कोटाको राजनीतिक निरन्तरता र प्रगतिमा प्रधामन्त्री ओलीको हात कति छ भन्ने पुष्टि गरेको मात्र छैन, उनीहरुवीचको सम्वन्धलाई यति प्रगाढ बनाउने कडि के हो ? भन्ने कुरा समेत घुस वार्गेनिङ प्रकरणले छर्लङ बनाईदिएको छ ।
मन्त्री वाँस्कोटाको राजीनामासंगै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा प्रधानमन्त्री ओली स्वयंको चासो रहेको तथ्य सार्वजनिक भइरहेका छन् । सरकारसंग निकट रहेको विवादित यति समूह पनि यो प्रकरणमा जोडिन आइपुगेको छ । प्रिन्टिङ प्रेसका लागि भइसकेको टेन्डर रद्ध गर्ने कुरामा प्रधानमन्त्री ओलीले अग्रसरता लिएको घटनाक्रम सार्वजनिक हुनुले यो प्रकरणमा वाँस्कोटा एक्लैलाई दोषी देख्नु पनि अन्याय हुने विश्लेषकहरुको टिप्पणीलाई नजर अन्दाज गर्नु हुँदैन । विवादित यति समूहको प्रवक्ताका रुपमा आफूलाई प्रस्तुत गरिरहेका प्रधानमन्त्री ओलीले अगाडी सारेको भ्रष्टाचारमा सून्य सहनशीलताको नारा यी र यस्तै प्रकरणहरुका कारण भूत्ते सावित हुँदै जानु प्रधानमन्त्री स्वयं र सत्तारुढ नेकपाका लागि फाईदाजनक कुरा होइन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वार्थ समूह लिएर संचारमन्त्री वाँस्कोटाले पटक पटक फ्रान्स र जर्मनीको भ्रमण गरेको तथ्यवारे संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको लेखा समिति आफै जानकार छ । प्रेस स्थापनाका लागि फ्रान्सको आइ एन ग्रुपसंग सरकारले एमओयू गरेपछि आक्रोशित स्वीस कंम्पनीका एजेन्ट भनिएका विजयकान्त मिश्रले मोलमोलाईको यो श्रव्य सामाग्री सार्वजनिक गरेका हुन् । कतिपयले त झण्डै तीन महिना अगाडी नै यो सामाग्री प्रधानमन्त्री ओली समक्ष वुझाएपनि उनले यस विषयमा चासो नदिएको आरोप लगाउने गरेका छन् । यो आरोपले प्रधानमन्त्री ओलीको व्यक्तित्व र प्रतिवद्धतामाथि नै प्रश्न चिन्ह खडा गर्नु आश्चर्यजक कुरा होइन । २० लाख लागत मूल्यमा खरिद गर्ने भनिएको प्रिन्टिङ प्रेसको इस्टिमेट झन्डै २८ अर्ब पु¥याउने चलखेल गरेको आरोप पनि वाँस्कोटामाथि छ । सबैभन्दा नजिक र विस्वासपात्र मानिएका वाँस्कोटा यसरी आरोपित भएपछि प्रधानमन्त्री ओलीको नियतमाथि पनि शंका उव्जनु स्वभाविकै हो । त्यसैले आफ्नो छवीलाई धमिलो हुन नदिन प्रधानमन्त्री ओलीले घुस वाँगेनिङको छानविनका लागि संवैधानिक र सरकारी निकायहरुलाई प्रोत्साहित गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसको माग अनुसार उठेका प्रश्नहरुको सार्वजनिक रुपमै जवाफ दिन जरुरी छ । दिव्यदर्शनबाट
