पोर्न भिडियो हेर्नेमा भारत पहिलो



एजेन्सी । विश्वमा इन्टरनेटमा पोर्न भिडियो हेर्ने हरेक चार जनामा तीनजनाले आफ्नो मोबाइल फोनमा हेर्ने गरेका छन् । एडल्ट साइट पोर्नहबले सार्वजनिक गरेको तथ्यांक अनुसार पोर्न सामग्री हेर्नका लागि विश्वव्यापी रूपमै मोबाइल फोन पहिलो रोजाइमा परेको छ भने डेस्कटप र ल्यापटपमा पोर्न हेर्नेको संख्या क्रमश घट्दै गएको छ ।
सन् २०१९ मा पोर्नहबमा अश्लील सामग्री हेर्नेहरूमध्ये ७७ प्रतिशत ट्राफिक मोबाइल फोनबाटै आएको छ । यो संख्या सन् २०१८ को भन्दा १० प्रतिशतले बढी हो ।
मोबाइलबाट पोर्न सामग्री हेर्ने मामिलामा भारत पहिलो स्थानमा परेको छ । भारतमा इन्टरनेटमा हेरिने पोर्न सामग्रीमध्ये ८९ प्रतिशतले मोबाइलमा पोर्न सामग्री हेर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्