मेगा बैंकले ल्यायो निजी क्षेत्रका कर्मचारी लक्षित खाता



काठमाडौं। मेगा बैंक नेपालले ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ नामक आकर्षक बचत योजना ल्याएको छ ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई लक्षित गर्दै यो योजना ल्याएको हो। यो खातामा न्यूनतम १ हजार रुपैया बचत भएमा ६.५ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ। यो योजनामा ग्राहकलाई ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा र ७ लाख रुपैयाँ दुर्घटना बीमा समेत समेटिएको छ।

बैंकका अनुसार मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क रुपमा उपलब्ध गराइनेछ। योजनामा नेपालभित्रका जुनसुकै बैंकका एटीएमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको र खातावाललाई ऋण लिन पनि विशेष सुविधा दिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्