कर्मचारी संगठन नेचासल्यानमा युवराज



सोलुखुम्बु । नेपाल निजामति कर्मचारी संगठन नेचासल्यान गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न सो अधिवेशनले युवराज शर्मा ‘युराक’ को अध्यक्षतामा १३ सदस्यीय समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तारादेवी सुनुवार, सचिवमा पुजा दाहाल र कोषाध्यक्षमा मेघराज कटेल चयन भएका छन् । गाउँपालिकाको सभाकक्षमा सम्पन्न अधिवेशनले छलकुमारी बाँस्तोला, आशिष मिश्र, सरोजकुमार मण्डल, चित्र श्रेष्ठ, चुडामणि घिमिरे, चोलिन्द्र भट्टराई, प्रवेश राई, सुजन खनाल र रोशनी राईलाई सदस्य चयन गरेको बताइएको छ ।  अधिवेशनलाई नेपाल निजामति कर्मचारी संगठन केन्द्रीय उपाध्यक्ष भुवन राई, केन्द्रीय निर्वाचन कमिटी संयोजक जयराम श्रेष्ठ, माथिल्लो सगरमाथा इन्चार्ज प्रकाश राई र नेकपा नेचासल्यान गाउँपालिका कमिटि अध्यक्ष जगनाथ बास्तोलाले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्