नवनियुक्त प्रहरी महानिरीक्षकद्वारा पदवहाली
ेपाल प्रहरीले गर्ने हरकेका काम व्यवसायिक र पारदर्शी तवरबाट सम्पादन गर्ने नवनियुक्त प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीले बताएका छन् । गृह मन्त्रालयमा प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह लगाउँदै आइजीपी ज्ञवालीले प्रहरीले गर्ने हरेक काम पूर्णजवाफदेहीका साथ सम्पादन गर्ने बताएका हुन् । विहान गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले ज्ञावलीलाई प्रहरी महानिरिक्षकको दज्र्यानी चिन्ह लगाइदिएका हुन् । कार्यक्रममा बोल्दै नवनियुक्त आइजीपी ज्ञावलीले भने,‘ आजको युग जनउत्तरदायी उत्कृष्ट सेवाद्वारा सेवाग्राहीको मन र विश्वास जित्ने समय हो । यसैका आधारमा कुनै पनि संगठन जीवन्त र गतिशील रहन्छ । यही मान्यतामा शिरोपर गरी नेपाल प्रहरीका तमाम सदस्यहरु देशका दुरदराजसम्म खटिएका छन् । कुनै पनि नागरिक प्रहरी सेवा पाउनबाट बञ्चित हुन नपरोस, न्याय र सुक्षा पाउने हकबाट विमुख हुनु नपरोस् भन्ने मेरो मान्यतारहेको छ । सेवा प्रवाह एवं कानूनको कार्यान्वयनमा कुनै पहुँच, पद हैसियतका आधारमा असमान व्यवहार प्रहरीबाट हुने छैन भन्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।
’ ज्ञवालीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्रुयाएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्नुभयो । नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको उल्लेख गर्दै प्रहरी महनिरीक्षक ज्ञवालीले अवाञ्छित, ध्वंसात्मक र संविधान विपरितका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तज गरी कान े नका ु दायरामा े ल्याउन नेपाल प्रहरी दृढ रहेको बताउनुभयो । नेपाल प्रहरी जस्तोसुकै चुनौतिमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलकासाथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुने उल्लेख गर्दै गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कष्ट स ृ गठनका ं रुपमा न े पाल प े हरीलाइ ्र्र स्थापित गराउन सक्रिय रहन दे ढता उहा ृ लँ े व्यक्त गर्नुभयो । नेपाल प्रहरीको सांगठनिक सुदृढिकरण र कर्मचारीको वृत्तिविकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायहरुको मार्ग्निर्देशन, सद्रुभाव र सहकार्य रहिरहने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नपाल प े हरी तथा ्र सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकतहरु, राष्टि ृ य अन « सन्धान विभागका ु उच्चपदस्थ कमचारी एर्व सं चारकमी ं हरुर्का े उपस्थिति रहेको थियो ।