बढ्यो प्रभु लाइफ इन्स्योरेन्सको नाफा



काठमाडौं,३० माघ ।प्रभु लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद नाफा पनि ४ करोड ४९ लाख रुपैयाँले बढेर ८ करोड ८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६० करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९५.०९ प्रतिशत अर्थात २९ करोड ७२ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३१ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

समीक्षा अवधीसम्म कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको जगेडा कोषमा २८ करोड ४१ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ४३ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा २ करोड ४ लाख रुपैयाँ सञ्चित छ।

६४ हजार ५६ वटा बीमालेख कायम रहेको कम्पनीले यस अवधिमा ६३ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। कम्पनीले १२४ वटा दाबी बापत १ करोड १३ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ११ वटा दाबी बापत ९१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकि छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ३३।५३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्