थुलुङ दुधकोशीमा सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सन्चालन हुने



सोलुखुम्बु, २१ पुस। जिल्लाको थुलुङदुधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सन्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि , २०७५ (संसोधन समेत ) को अधिनमा रहि गाउँपालिका र बैकबीच सोमबार महत्वपूर्ण सम्झौता (MOU) सम्पन्न भएको अध्यक्ष असिम राइले जानकारी दिए।

उद्यमशीलता र स्वरोजगारका लागि मात्र नभएर व्यवसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि पनि सो सम्झौता कोशेढुंगा साबित हुने बताउँदै अध्यक्ष राइले पालिकाबासी नागरिकहरु लक्ष्य अनुरुप लावान्वित हुने पक्का रहेको प्रतिक्रिया ब्यक्त गरेका छन।

अध्यक्ष राइले गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीचको सम्झौताका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै लक्ष्मी बैंकका सिईओ तथा बैंक परिवार , आइडिया स्टुडियोका फाउन्डर डा. छिरिङ लामा , गाउँपालिकाका सल्लाहकार बलराम गुरुङ र वडा नं ९ का अध्यक्ष भुपालसिं राई लगायतलाई धन्यवाद समेत दिएका छन।

प्रतिक्रिया दिनुहोस्