ग्लोबल आइएमई सम्मुन्नत योजना-१ को न्याभ रिपोर्टमा सुधार



काठमाडौं। सेयर बजारमा भएको सुधारसँगै ग्लोबल आइएमई क्यापिटलले सञ्चालन गरेको म्युचुअल फन्ड ‘ग्लोबल आइएमई सम्मुन्नत योजना-१’को कुल सम्पत्ति मूल्य (न्याभ)मा उल्लेख्य सुधार देखिएको छ। योजनाको न्याभ भ्यालु मात्रै १४ रुपैयाँ पुगेको छ। मंसिर मसान्तसम्ममा म्युचुअल फन्डले ३७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। कार्तिकमा फन्डले १८ करोड ९५ लाख रुपैयाँ नाफा गरेको थियो। एक महिनाकै अवधिमा फन्डको मुनाफा दोब्बरले वृद्धि भएको हो।

कम्पनीले दोस्रो बजारमा लगानी गर्न लिएको रणनीतिका कारण नाफामा उल्लेख्य वृद्धि भएको फन्डले जनाएको छ। फण्डले विभिन्न सूचीकृत कम्पनीहरुको एक करोड ७२ लाख कित्ता सेयर खरिद गरेको छ। मंसिर मसान्तको बजार मूल्यका आधारमा उक्त सेयरको एक अर्ब ३५ करोड रुपैयाँको परल मूल्य रहेको छ।

फन्डको ऋणपत्रमा ६ करोड ४५ लाख रुपैयाँ लगानी छ। फन्डले सेयर बिक्री गरेर आर्जन गरेको ३७ करोड रुपैयाँ पनि दोस्रो बजारमै लगानी गरिसकेको छ। हाल फन्डका नाममा ३ करोड ३४ लाख रुपैयाँ निक्षेपको रुपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्