नेउवा महासंघ स्थल यातायात तथा पारबाहन समितिको सभापतिमा कार्की चयन



काठमाडौं, ५ पुस। नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्थल यातायात तथा पारवहन समितिको सभापतिमा प्रकाशसिंह कार्की चयन भएका छन।

नेपाल फ्रेट फर्वार्डस एशोसियसनका अध्यक्ष समेत रहेका कार्कीलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कार्यक्षेत्रसहित सो समितिको सभापतिको जिम्मेवारी दिएका हुन।कार्की हालै सम्पन्न महासंघको ५४ औं साधारणसभाबाट बस्तुगततर्फ सदस्यमा निर्बाचित भएका थिए।

गोल्छाले उद्योग समितिको जिम्मेवारी भरतराज आचार्य रव्यापार समितिमा विजयसिंह वैद्यलाई दिएका छन। यसैगरी,घरेलु तथा साना उद्योग समितिमा डि.बी. वस्नेत,महिला उद्यमी विकास समितिमा रिता सिंह,कर तथा राजस्व समितिमा संदिप कुमार अग्रवाल र पर्यटन तथा हवाई यातायात समितिमा ज्योत्सना श्रेष्ठले सभापतिको जिम्मेवारी पाएका छन।

त्यस्तै,सूचना तथा संचार प्रविधि विकास समितिमा मंगेशलाल श्रेष्ठ,बैंक, वित्तिय तथा बीमा समितिमा शाहिल अग्रवाल,अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन समितिमा आनन्दकुमार अग्रवाल बगाडिया र स्टार्ट अप एण्ड इनोभेशन समितिमा रञ्जितराज आचार्यलाई जिम्मेवारी दिइएको छ।

स्थानीय विकास समितिमा सुरकृष्ण वैद्य,स्वास्थ्य तथा सीप विकास समितिमा हेमराज ढकाल,निर्यात प्रवर्द्धन समितिमा मनिषलाल प्रधान,
व्यापार मेला समितिमा नरेन्द्र खडका,
उर्जा तथा वातावरण समितिमा गोपाल खनाल,शहरी विकास समितिमा मीनमान श्रेष्ठ,राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरममा ईन्जिनियर देश बन्धु बस्नेत(अजित),सामाजिक तथा स्वास्थ्य सेवा फोरममा राजन श्रेष्ठ,
चलचित्र तथा मनोरञ्जन फोरममा आकाश अधिकारी,पुँजी बजार फोरममा अम्बिका प्रसाद पौड्याल र
विदेशी रोजगार फोरममा विष्णु गैरेले सभापतिको जिम्मेवारी पाएका छन।

महासंघ सचिवालयमा आइतबार आयोजित कार्यक्रममा समिति तथा फोरममा सभापति भएका कार्यकारिणी सदस्यलाई अध्यक्ष गोल्छाले कार्यक्षेत्र सहितको जिम्मेवारी पत्र हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्