ऐन विपरित गतिविधि गर्ने कम्पनी विभागको कारवाहीमा

काठमाडौं,१ पुस। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ विरुद्ध गतिविधि सञ्चालन गर्ने ६ कम्पनीलाई कारवाही गरेको छ । विभागद्धारा जारी दैनिक बजार अनुगमनका क्रममा बुधबार उपत्यकाका विभिन्न स्थानमा गरी ६ कम्पनीलाई विभागले कारबाही गरेको हो ।

काठमाडौं महानगरपालिका ३ स्थित सौरभ फनिर्चर, भक्तपुर मध्यपुर नगरिपालिका ४ स्थिति वेष्ट राइडर फुटवेयर, गुड मर्निङ्ग मार्ट, न्यू मामा भान्जा फर्निचर एण्ड डेकोर, एनआर सप्लायर्स प्रालि र ललितपुर महानगरपालिका ५ स्थित नेपाल आइरन एण्ड उइन फर्निचर उद्योगलाई विभागले कारबाही गरेको हो ।
यी कम्पनीहरुले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरित व्यवसायिक गतिविधि सञ्चालन गरेकाले कारबाही गर्नुपरेको विभागले जनाएको छ । विभागले सबै गरी कूल ४५ हजार रुपैयाँ जरिवाना गराएको छ ।

