अप्ठ्यारोमा रहेको ब्यबसायलाई पुनर्जीवन दिन सक्दो प्रयास गर्ने कार्कीको प्रतिबद्धता

काठमाडौं, १९ मंसिर । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले अप्ठ्यारो परिस्थितिमा व्यवसायलाई पुनर्जीवन दिनको लागि आफ्नो तहबाट हरसम्भव प्रयास गर्ने बताउनु भएको छ।

महासंघको हालै सम्पन्न निर्बाचनबाट बस्तुगत सदस्यमा निर्बाचित कार्कीले आफुलाइ बिजयी गराउन महत्वपूर्ण योगदान गर्ने ब्यबसायी मतदाता र सहयोगीहरुलाइ धन्यवाद ब्यक्त गर्दै कार्कीले सो कुरा बताउनु भएको हो। नेपाल फ्रेट फर्वार्डस एशोसिएसनका अध्यक्ष समेत रहेका कार्कीले मंसिर १३ गते सम्पन्न निर्बाचनमा ५७ मत ल्याएर बिजयी भएका थिए।अघिल्लो कार्यकालमा समेत कार्यकारी सदस्यका रुपमा निर्बाचित भएर उनले निर्यात ब्यापारलाई सहजीकरण गर्न नितिगत सुधारका लागी उल्लेख्य भूमिका निर्बाह गरेका थिए।
कोरोना (COVID -19) महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका अधिकतम विधि अपनाई केहि ढिलै भए पनि महासंघको ५४ औं साधारण सभा एवम् नयाँ कार्य समिति चयनको लागि भएको मतदान भएर नयाँ कार्यसमिति निर्बाचित हुनु सुखद भएको भन्दै कार्कीले भनेका छन् ,- ‘महासंघ निर्वाचनमा केन्द्रीय सदस्यमा मलाई आफ्नो अमूल्य मत प्रदान गरी बिजयी गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नुहुने सम्पुर्ण महानुभावप्रति कृतज्ञता व्यक्त गर्दछु।’

