थुलुङ दुधकोशीका संस्थापक अध्यक्ष राईद्वारा थुलुङ किराँत संस्कृति समाज नेपालको कार्यालय भवन उद्घाटन



सोलुखुम्बु,१३ मंसिर । थुलुङ किराँत संस्कृति समाज नेपालको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ।

आइतबार थुलुङ दुधकोशी गाउँपालिकाका संस्थापक अध्यक्ष असिम राईको प्रमुख आतिथ्य तथा गाउँपालिकाका कार्यवाहक अध्यक्ष सबिता राईको विशिष्ट आतिथ्यमा नवनिर्मित भवन उद्घाटन गरिएको थुलुङ दुधकोशी गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए ।

आफ्नो मौलिक भाषा, कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको यस भवनले थुलुङ किराँत समुदायको सांस्कृतिक गतिविधि र सामाजिक एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको प्रमुख अतिथि राईले बताए ।

समाजको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षणका लागि नवनिर्मित कार्यालय भवनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्