धादिङको रुबीभ्यालीमा जिप दुर्घटना हुँदा एकको मृत्युु,एक घाइते



धादिङ,४ मंसिर । धादिङको रुबीभ्याली गाउँपालिका-४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार गएराति १:५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जिपमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका-४ निवासी अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्