एमालेको राष्ट्रिय भेला आज सकिंदै
काठमाडौं,३ मंसिर । नेकपा एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन आज पनि कार्की ब्यांक्वेटमा सुरु भएको छ।

बुधबारदेखि सुरू भएको भेलामा आज पूर्वराष्ट्रपति एवम् पार्टीका वरिष्ठ नेता विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन्। आजकै भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार बिभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’का विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिएका छन्।विभिन्न प्रस्तावहरू पारित गर्दै भेला आज समापन गर्ने कार्यतालिका छ- उनले भने ।
भेला समापनपछि आजै कार्की ब्यांक्वेटमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने आचार्यले जानकारी दिए।


