राष्ट्रिय कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य योगेश राल्फालीलाई मातृशोक



काठमाडौं,१२ कार्तिक । राष्ट्रिय कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख, समय दृष्टि साप्ताहिकका प्रधान सम्पादक तथा लेखक एवं साहित्यकार योक बहादुर घिसिङ ‘योगेश राल्फाली’ लाई मातृशोक परेको छ। उहाँकी ममतामयी आमा सानुमाया थिङको ८८ वर्षको उमेरमा आज निधन भएको हो।

काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–७ स्थायी ठेगाना भई हाल पनौती नगरपालिका–४ मा बसोबास गर्दै आउनुभएकी थिङका एक छोरा योक बहादुर घिसिङ ‘योगेश राल्फाली’ र एक छोरी तेलीमाया घिसिङ हुनुहुन्छ।

सानुमाया थिङको निधनप्रति राष्ट्रिय कम्युनिष्ट पार्टीले शोक व्यक्त गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीले शोकसन्तप्त छोरा, छोरी, परिवारजन, आफन्त तथा इष्टमित्रप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश हमालद्वारा जारी शोक विज्ञप्तिमा शोकाकुल परिवारजनलाई यस अपूरणीय क्षति सहन गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्