कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना जारी



काठमाडौँ,२७ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना सुरु भएको छ ।

खुला केन्द्रीय सदस्यको बाकस खोली मतगणना थालिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार बिहान १० बजेदेखि सहमहामन्त्री(दलित),केन्द्रीय सदस्य(दलित खुला), केन्द्रीय सदस्य(दलित मधेसी) र केन्द्रीय सदस्य (दलित महिला)  पदको मतगणना गर्ने समयतालिका उल्लेख छ। अल्पसंख्यक तथा अपांगता क्लस्टरको एक सहमहामन्त्री र अल्पसंख्यक तथा अपांगता क्लस्टरका एक–एक केन्द्रीय सदस्य पदको मतगणना पनि आजै हुने उनले बताए ।

बुधबार सम्म सबै मतपरिणाम सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको समितिले जानकारी दिएको छ ।

यसैबीच,नेपाली जनसम्पर्क समितिको निर्वाचनको मतपरिणाम सूची सार्वजनिक भएको छ। कुल ६ हजार ८७७ मत खसेको निर्वाचनमा ४१ मत बदर भएको पछिल्लो विवरणमा उल्लेख छ।

महिलातर्फ दुई जना निर्वाचित हुने व्यवस्थाअनुसार सीता सापकोटा घिमिरेले सबैभन्दा बढी ३ हजार ११३ मत प्राप्त गरेकी छन्। चन्द्रा अधिकारी (चन्दा) २ हजार ८९६ मतसहित दोस्रो स्थानमा छन्। रविना थापाले २ हजार ५०६, निर्मला थापा मगरले २ हजार १३९ र नन्दिकुमारी न्यौपानेले ९९४ मत प्राप्त गरेका छन्।

युरोप क्षेत्रबाट एक जना निर्वाचित हुने व्यवस्थाअनुसार जितेन्द्र विक्रम शाहीले १ हजार ४१२ मत प्राप्त गरेका छन्। विजय मोक्तानले ९७० र अंकित ओलीले ८९७ मत पाएका छन्। त्यस्तै, शालिकराम गौतमले ७२६, टंक लम्सालले ५९१, पूर्ण तिमिल्सिनाले ५३६, पूर्णबहादुर हमालले ४७८, इन्द्रप्रसाद शर्माले ४७५ र शशीभूषण शाहले ४५२ मत प्राप्त गरेका छन्।

भारत क्षेत्रबाट एक जना निर्वाचित हुने व्यवस्थामा बालकृष्ण पाण्डेले ३ हजार ८२७ मत प्राप्त गरेका छन् भने धर्मागत काफ्लेले २ हजार ४३३ मत पाएका छन्।

ओसियाना–अमेरिका क्षेत्रबाट एक जना निर्वाचित हुने व्यवस्थाअनुसार सिए. विद्याभूषण कार्कीले १ हजार ९३४ मत प्राप्त गरेका छन्। रामजीवि पन्थले १ हजार ६३५, कञ्चन पोखरेलले १ हजार २०६, अमृत बोस्तीले ९६७ र कृष्ण गिरी, जगन्नाथले ७७० मत पाएका छन्।

मध्यपूर्व क्षेत्रबाट पुरुषोत्तम खनालले सबैभन्दा बढी २ हजार ७४ मत प्राप्त गरेका छन्। विमल सुवेदीले १ हजार ७०८, खेमराज बस्नेतले १ हजार ५५३ र रितबहादुर कटुवालले १ हजार ९८ मत प्राप्त गरेका छन्।

त्यस्तै, प्यासिफिक क्षेत्रबाट डा. बलराम श्रेष्ठले १ हजार ९२० मत प्राप्त गरेका छन्। नवराज शिवाकोटीले ९१५, नारायणप्रसाद सुवेदीले ८९९, डण्डपानी कँडेल (डि.पी.) ले ८७७, सुरेश कोइरालाले ८४६, विनोदबहादुर थापाले ६३३ र चण्डीप्रसाद योड्याले ५१४ मत प्राप्त गरेका छन्।

खुलातर्फका १५ महिला केन्द्रीय सदस्य पदको जारी मतगणनामा उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार हालसम्म कुल ४६८९ मत गणना भइसकेको छ।
पछिल्लो मतपरिणामअनुसार नेता वासना थापाले सर्वाधिक ३४८४ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । त्यस्तै, उर्मिला थपलियाले २६४७ मत र निमा गिरीले २६२० मत ल्याएर उनलाई पछ्याइरहेका छन्।file foto

प्रतिक्रिया दिनुहोस्