अमन एकल र अस्मिता रसाईलीको स्वरमा नयाँ पर्व गीत सार्वजनिक



काठमाडौं,२६ साउन । दशैं नजिकिँदै गर्दा देशका विभिन्न भूभाग प्राकृतिक विपत्तिको पीडामा छ। कतै बाढीले घर बगाएको छ, कतै पहिरोले परिवार उजाडिएको छ। यस्तो पीडादायी परिवेशमा ‘क्यालेण्डरमा दशैं’ बोलको नयाँ नेपाली गीत सार्वजनिक भएको छ।

अमन एकल (राम कृष्ण पाण्डे) र अस्मिता रसाईलीको स्वर रहेको गीतमा दशैंको खुसीभन्दा पनि विपत्तिले निम्त्याएको पीडा, बिछोड र मानवीय संवेदनालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। गीतका शब्द तथा संगीत संकलन पनि अमन एकल (राम कृष्ण पाण्डे) कै रहेको छ भने थेगो राम शरण पाण्डेको रहेको छ।

गीतले पात्रोमा दशैं आए पनि प्राकृतिक विपत्तिका कारण आफन्त गुमाएका तथा घरबारविहीन बनेका परिवारको जीवनमा दशैंको खुसी फर्किन नसकेको यथार्थलाई उठान गरेको छ। चाडपर्वको रमझमसँगै दुःखमा रहेका नेपालीलाई सम्झनुपर्ने सन्देश गीतमार्फत दिन खोजिएको छ।
गीतको रेकर्डिङ एरिका डिजिटल, सामाखुसीमा गरिएको हो भने मिक्स तथा मास्टर गोविन्द सोनीले गरेका छन्।

गीतको भिडियोमा उमेश कार्की UK, रश्मी धमला, अमन एकल, अस्मिता रसाईली, प्रेमुका विश्वकर्मा, शंकर अधिकारी, नविन घिमिरे, राधाकृष्ण भट्ट, विष्णु न्यौपाने, नमराज अधिकारी, राम शरण थापा, काङ्स अधिकारी, विनिशा न्यौपाने, माया पौडेल, रामकृष्ण नेपाल, रोशन धमला र दिपक खनालको अभिनय रहेको छ।

भिडियोको छायांकन राम शरण पाण्डेले गरेका छन् भने निर्देशन तथा सम्पादन उमेश कार्की UKले गरेका हुन्। पोस्ट प्रोडक्सन साझा क्रिएसन प्रा. लि., काठमाडौंले गरेको छ।

समसामयिक सामाजिक घटनालाई सांगीतिक अभिव्यक्तिमार्फत प्रस्तुत गरिएको ‘क्यालेण्डरमा दशैं’ अहिले YouTube मार्फत सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्