बिजेन्द्रले ल्याए ‘दशैं आयो’
काठमाडौं,२६ असोज । डी.बी. पराजुलीको शब्द, बिजेन्द्र नौबागेको सङ्गीत तथा राजु परियार र विमला सुनारको स्वर रहेको ‘दशैं आयो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको दृश्यात्मक पक्षलाई आकर्षक बनाउन बिजेन्द्र नौबागे, अस्मिता रनापाल, विमला सुनार, पदम क्षेत्री र प्रनवी प्रधानले अभिनय गरेका छन् । उनीहरूको अभिनयले गीतको भाव, कथा र सन्देशलाई दर्शकमाझ प्रभावकारी रूपमा प्रस्तुत गरिएको छ ।
केशव अधिकारीको छायांकन,जोन किराँतीको सम्पादन तथा रङ संयोजन तथा दीपेश एसकेको निर्देशन रहेको छ । नेपाली गीत–सङ्गीतको क्षेत्रमा नयाँ प्रतिभा र सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सक्रिय रहेको एक्टिभ म्युजिक प्रालिले यस गीतको निर्माण गरेको हो ।


