दीपककुमार साह उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री बन्दै
काठमाडौँ,२५ साउन । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएपछि उनको ठाउँमा दीपककुमार साह मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेसंगै उनी मन्त्री बन्ने निश्चित भएको हो।प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार गौरी कुमारीले राजीनामा दिएपछि रिक्त भएको उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय भएको हो ।
साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । दिनुभएको छ ।
यस अघि मन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष व्यक्तिगत कारण देखाउँदै राजीनामा बुझाएकी थिइन।मन्त्री यादवका प्रेस संयोजक कमल सरगम चौलागाईंले विज्ञप्ति जारी गर्दै मन्त्रीका गतिविधि, मन्त्रालयका निर्णय तथा सार्वजनिक सरोकारका विषय आम नागरिकसमक्ष पुर्याउन सञ्चारकर्मीले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।


