रसुवा बाढी : १ हजार ३६६ जनाको शव फेला,१०२ जनाको मात्रै शव हस्तान्तरण
काठमाडौं,२४ भदौ । तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ।

मंगलबार बेलुकी ८ बजेसम्मको विवरण अनुसार ५३३ पुरूष, ३३१ महिला र ५०२ जनाको आंशिक अंगसहित १३६६ जनाको शव भेटिएको हो।अहिलेसम्म १०२ जनाको मात्रै शव हस्तान्तरण गरिएको छ।
बाँकीको डिएनए नमूना लिइएको छ। १२८६ शवको डिएनएन संकलन सकिँदा मृतकका आफन्तहरू १४१२ जनाको डिएनए संकलन भएको छ।
बाढीमा परेका ४ हजार ७७ जना अझै सम्पर्कविहीन छन्।

