दल त्याग गरेका ७ स्थानीय निकायमा पद रिक्त
काठमाडौं,२३ भदौ । निर्वाचन आयोगले राजनीतिक दल त्याग गरेका सात जना निर्वाचित जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम आयोगले उनीहरूको निर्वाचित पद रिक्त भएको जानकारी गराएको हो।

आयोगले २०८३ भदौ २२ गतेको निर्णयअनुसार सम्बन्धित स्थानीय तहका निर्वाचित पदाधिकारी तथा सदस्यले दल त्याग गरेको जानकारी सार्वजनिक गरेको हो। आयोगका अनुसार नेपाली कांग्रेसको तर्फबाट सम्बन्धित स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका ती जनप्रतिनिधिहरूले अन्य दलमा प्रवेश गरेको जानकारीसहित सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपि आयोगमा प्राप्त भएको थियो। सोही आधारमा उनीहरूको निर्वाचित पद रिक्त भएको आयोगले जनाएको छ।
आयोगले प्रकाशित गरेको सूचनाअनुसार पद रिक्त हुनेमा कोशी प्रदेशका चार जना, बागमती प्रदेशका एक जना, कर्णाली प्रदेशका एक जना र गण्डकी प्रदेशका एक जना छन्।
जेफर राई भोजपुर, कोशी प्रदेश, षडानन्द गाउँपालिका–३ का वडा अध्यक्ष, राम बिमिरे — इलाम, कोशी प्रदेश, माङसेबुङ गाउँपालिका–३ का वडा अध्यक्ष, विक्रम वन स्याङ्ताङ — भोजपुर, कोशी प्रदेश, साल्पासिलिछो गाउँपालिका–६ का वडा अध्यक्ष, ललित कुमार राई द रिक्त भएका हुन ।
भोजपुर, कोशी प्रदेश, अरुण गाउँपालिकाका गाउँ कार्यपालिकाका सदस्य (दलित वा अल्पसंख्यक), माधव अर्याल चितवन, बागमती प्रदेश, भरतपुर महानगरपालिका–३ का वडा सदस्य, हरि प्रसाद रेग्मी — सुर्खेत, कर्णाली प्रदेश, लेकबेँसी नगरपालिकाका वडा सदस्य र कृष्ण प्रसाद थकाली — मुस्ताङ, गण्डकी प्रदेश, घरपझोङ गाउँपालिका–५ का वडा सदस्यमा पद रिक्त भएका हुन ।

