आजको प्रतिनिधि सभा बैठक स्थगित,बुधबार १ बजे बस्ने



काठमाडौं,९ भदौ । संघीय संसद प्रतिनिधि सभाको बैठक बस्ने मिति र समय परिवर्तन गरिएको छ। विशेष कारणवश निर्धारित मिति र समयमा बैठक बस्न नसक्ने भएपछि सभामुखले बैठकको मिति परिवर्तन गरेका हुन् ।

सङ्घीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएको हो । अब भोलि दिउँसो १ बजे बैठक बस्ने सचिवालयले जनाएको छ ।

भोलि प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यक्रम छ । भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न गर्न दिइएको समयावधिमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् ।

१५ वटासम्म प्रश्न लिन सकिने व्यवस्था भए पनि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले आफ्नो भागमा परेको कोटाअनुसार प्रश्न दर्ता गराएका छैनन्।

प्रतिक्रिया दिनुहोस्