बागमती प्रदेश सरकारमा सहभागी राप्रपाका तीन सांसद पदमुक्त



काठमाडौं,८ भदौ । राप्रपाले केन्द्रको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै तीन सांसदलाई पदमुक्त गरेको छ ।

पार्टीको पटकपटकको निर्देशन अवज्ञा गरेको, पार्टी ह्विप उल्लंघन गरेको र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यहरु राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिस बमोजिम पदमुक्त गरेको हो ।

उनीहरुको पदमुक्तसम्बन्धी पत्र आज बागमती प्रदेश सभाका उपसभामुखलाई बुझाइएको थियो । सो पत्र उपसभामुखको आदेशमा प्रदेशसभा सचिवालयमा दर्ता समेत भएको छ ।

मुख्यमन्त्री किरण थापा मगरले साेमबार राति ८ बजे विश्वासकाे मत लिने कार्यसूची छ। तर विश्वासकाे मत लिनुअगावै राप्रपाबाट सरकारमा सहभगी भएका तीन सांसदलाई पदमुक्त गरिएकाे हाे।

केन्द्रकाे निर्णय विपरित राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए। लगत्तै तीन सांसद समेत सरकारमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्