सुनाकोठीमा भिमसेनको ९ औं स्थापना दिवस मनाइने



ललितपुर,६ भाद्र । सुनाकोठी क्षेत्रको विकास तथा ललितपुरलाई नै साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा बिश्वसामु परिचित गराउन थालिएको छ । यहि उदेश्यले सम्भवत विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिंद्यो अर्थात भीमसेनको ९ औं स्थापना दिवस तथा भिं द्यो पुजा भाद्र २० गते शनिबार भव्य रुपमा हुने भएको छ ।

आयोजक सुनाकोठी समाजका बिनोद डङ्गोलले सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने बताए । उनका अनुसार मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाइएको हो ।

सुनाकोठीमा भव्य तामझामका साथ ९औं वार्षिक उत्सव मनाउने तयारी अन्तिम चरणमा समेत रहेको आयोजक समितिका सदस्य रुपेश डंगोलले जानकारी दिए । डंगोल गायक पनि हुन् । उनले थुप्रै गीत संगीतमा आवाज भरेका छन् ।

प्रतिक्रिया दिनुहोस्