पोखरा महानगरपालिकाले गर्‍यो २०० परिवारलाई विद्युतीय चुल्हो वितरण



पोखरा,२ भदौ । मुलुकभर खाना पकाउने एलपी ग्यास अभाव भएर सर्वसाधारणको चुल्हो निभ्ने अवस्था आएपछि पोखरा महानगरपालिकाले विद्युतीय चुल्हो वितरण गरेको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका–२२ का २०० परिवारलाई विद्युतीय चुल्हो वितरण गरेका हुन् ।

बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि त्यसको विकल्पका रूपमा नगरवासीलाई विद्युतीय चुल्हो वितरण गरिएको महानगर प्रमुख आचार्यले बताए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा चुल्हो वितरण गरिएको हो ।

वडा नं. २२ का कालाबाङ, भुम्दीलगायत पाँचवटा टोलमा बसोबास गर्ने परिवारलाई चुल्हो वितरण गरिएको वडाध्यक्ष हिमलाल बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्