एकीकृत डिजिटल प्रणालीमार्फत सरकारी सेवा सरल बनाउन सांसद कार्कीले गराए सरकारको ध्यानाकर्षण



काठमाडाैं,१ भदौ । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले एकीकृत डिजिटल प्रणालीमार्फत सरकारी कार्यालयमा सेवा प्रवाह सरल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद कार्कीले नागरिकता,राष्ट्रिय परिचयपत्र,राहदानी र सवारी चालक अनुमतिपत्रजस्ता विभिन्न परिचयपत्र हुँदाहुँदै सरकारी कार्यालयमा हरेकपटक थप प्रमाण खोज्ने प्रवृत्तिले नागरिकलाई अनावश्यक झन्झट दिएको भन्दै प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले सो ध्यानाकर्षण गराएका हुन्। सरकारी सेवा लिन जाँदा नागरिकले आवश्यकताभन्दा बढी कागजात बोकेर हिँड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनको भनाई थियो ।

राज्यसँग नागरिकको विवरण हुँदाहुँदै पनि सरकारी कार्यालयमा पटक–पटक कागजात मागिनु डिजिटल शासनको प्रभावकारितामाथि प्रश्न उठ्ने बताउंदै उनले भने-‘यो कस्तो डिजिटल सरकार हो जहाँ नागरिकको विवरण कम्प्युटरमा होइन नागरिककै झोलामा खोजिन्छ ? सरकारसँग प्रविधि छ भने प्रयोग गरोस् नागरिकता छ भने नागरिकता नम्बर फेरी खोज्न नलगाओस् ।’
(फाईल फोटो)

प्रतिक्रिया दिनुहोस्