‘तिम्रो याद’मा थुमन शर्माको मर्मस्पर्शी प्रेमकथा



काठमाडौं,३१ साउन । दर्शक–श्रोताको लामो समयदेखिको प्रतीक्षापछि बहुप्रतिभाशाली गायक थुमन शर्माको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘तिम्रो याद’ को भिडियो सार्वजनिक गरिएको छ।

गीतमा स्वयम् गायक थुमन शर्माको शब्द रहेको छ भने संगीत शिवराज गौतमको रहेको छ। गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रुबिन मगरले गरेका हुन्।

मर्मस्पर्शी प्रेमकथामा आधारित भिडियोको निर्देशन शिवराज गौतमले गरेका छन्। भिडियोमा रोजन सुन्दास र सुनिता कालिकोटेको मुख्य अभिनय देख्न सकिन्छ। प्रेम, सम्झना र विछोडका भावनालाई कलात्मक रूपमा प्रस्तुत गरिएको भिडियोले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।

भिडियोको मेकअप रिता रणपैली,छायांकन जोन किराँती तथा सम्पादन र कलरिङ पदम सुबेदीले गरेका छन्।

लामो समयपछि सार्वजनिक भएको ‘तिम्रो याद’ गीतले दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले लिएको छ।

प्रतिक्रिया दिनुहोस्