निर्बाचनपछि पहिलो पटक गृह जिल्ला झापा जाँदै एमाले अध्यक्ष ओली
काठमाडौँ,३० साउन । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्बाचनपछी पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी ओली आज गृहजिल्ला झापा जाँदैछन्। उनको सचिवालयका अनुसार उनी ‘मिसन पार्टी जागरण’ कार्यक्रम उद्घाटन गर्न गृहजिल्ला झापा जान लागेका हुन् ।

आइतबार मध्याह्न साढे १२ बजे बिर्तामोड सहरबाट झापा एमालेले जागरण अभियान शुरू गर्दैछ ।त्यही कार्यक्रमका लागि ओली एक दिनपहिले नै झापा जान लागेका हुन् ।
उनी इलामको फिक्कलको एक कार्यक्रममा सहभागी हुनेछन् । एमाले इलाम नगर कमिटीका अध्यक्ष ठाकुरनारायण श्रेष्ठका अनुसार इलामको फिक्कलमा जनजाति महासंघको बैठकमा सम्बोधन गर्ने कार्यसूची छ। यसबाहेक अन्य विभिन्न कार्यक्रम समेत रहेको श्रेष्ठले जनाए।

