कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सुरु हुंँदै, पाँच हजार बढीको सहभागीता रहने दावी



काठमाडौं,२९ साउन । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आजदेखि राष्ट्रिय भेला गर्दैछ।

काठमाडौंको सुकेधारा मिराकल पार्टी प्यालेसमा बिहान साढे ११ बजे राष्ट्रिय भेलाको उद्घाटन हुनेछ। साउन साउन ३१ गतेसम्म चल्ने भेलाको उद्घाटन निवर्तमान सभापति शेरबहादुर देउवाले गर्नेछन्। उनी बिहीबार मात्रै हङकङबाट ५ महिनापछि नेपाल फर्किएका थिए।

देउवा बिहिबार विमानस्थलबाट सिधै इतर पक्षले राष्ट्रिय भेलाको तयारीका लागि महाराजगन्जको चुनदेवीमा खोलेको सम्पर्क कार्यालय पुगेका थिए। गत पुस २७–३१ मा सम्पन्न विशेष महाधिवेशनको विपक्षमा उभिएका कांग्रेसका नेताहरू सभापति गगन थापामाथि दबाब बढाउन राष्ट्रिय भेलासम्म पुगेका हुन्।

राष्ट्रिय भेला संयोजक तथा पूर्वमहामन्त्री शशांक कोइरालाले उद्घाटन कार्यक्रमको अध्यक्षता गर्ने भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शशांक कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधी, प्रकाशमान सिंह लगायतका नेताहरू सहभागी हुने बताईएको छ ।

आयोजकले देशभरबाट पाँच हजार बढी नेता कार्यकर्ता सहभागी हुने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्