बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला
भक्तपुर,२८ साउन । भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक व्यक्ति आफू बस्दै आएको कोठाको फ्यानमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीका अनुसार मृतक ५७ वर्षीय हिरालाल पासवान हुन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको छ भने शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको जनाएको छ । मृत्युको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। पासवान थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका थिए । सरकारले उक्त बस्तीका टहरा हटाएपछि उनी पछिल्लो समय भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए।

