१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
सल्यान,१८ साउन । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दार्मा गाउँपालिका–४ लामाडाँडा बुगेनी बस्ने ५५ वर्षीय रूद्र बहादुर चन्दलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

