अर्जुन चन्द्रकाे “संवेदनाका प्रतिध्वनि” मुक्तकसङ्ग्रह लाेकार्पित
काठमाडौं,१६ साउन । अर्जुन चन्द्रकाे “संवेदनाका प्रतिध्वनि” मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ ।

हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपालकाे सभाध्यक्षमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार ज्ञानुवाकर पाैडेल,विशिष्ट अतिथिहरू लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, हातेमालाे साहित्य संगमकाे अध्यक्ष सुनिल अधिकारी, प्रा. डा. गाेपीन्द्र पाैडेल,कृतिकार अर्जुन चन्द्रकाे उपस्थितिमा प्रमुख अतिथि पौडेलले दीप प्रज्वलन गरेर कार्यक्रम सुरु गर्नुभएको थियो।
कार्यक्रम संचालकमा संस्थाका संस्थापक सदस्य पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङ्कृत’ हुनुहुन्थ्यो । कार्यक्रममा उपस्थित साहित्य अनुरागी आत्मीयमनहरूकाे स्वागत मन्तव्य संस्थाकी संस्थापक सदस्य सुभद्रा अधिकारीले गर्नु भएकाे थियाे ।लाेकार्पणमा बाक्लाे उपस्थित ( लगभग ९० जना ) माझ लाेकार्पित कृतिलाई गहिराे अध्ययन गरेर निकै उत्कृष्ट तरिकाले प्रा.डा. भरत कुमार भट्टराईज्यूले समालोचना गर्नुभयाे, जुन सम्झन लायक रहेकाे थियाे ।
विजयध्वज थापा, सुनिल अधिकारी, प्रा.डा. गाेपीन्द्र पाैडेलका छाेटाे तर मनन याेग्य शुभकामनाका शब्दले कार्यक्रम अघि बढिरहेकाे थियाे ।
कृतिकार अर्जुन चन्द्रले पनि उपस्थित साहित्य अनुरागी सम्पूर्णमा दिल खाेलेर कृतज्ञता व्यक्त गर्दै आफ्ना मनका कुरा राख्नु भएकाे थियाे ।
उपस्थित साहित्यकार मध्येबाट बिच बिचमा सर्जकका लाेकार्पित पुस्तकबाट मुक्तक वाचन पनि हुँदै गयाे ।
मुक्तक वाचन गर्नु हुनेमा मानन्धर अभागी, राजेशराज गड्ताैला, मात्रिका घिमिरे, सुधिर थापा, शिला कुमारी खरेल, ज्ञानु दाहाल, उत्तम विचार, रियाज सिवाकोटी हुनुहुन्थ्यो ।
प्रमुख अतिथि ज्ञानुवाकर पाैडेलकाे गहन अध्ययन गरेर सम्बन्धित पुस्तकका विषयमा दिइएका उदाहरणीय शब्दहरूले भविष्यमा केही सिक्न मिल्ने प्रेरणाका वाक्यहरू स्मरणीय थिए ।
कार्यक्रममा आमन्त्रित अतिथिहरू साथै कृतिकारलाई संस्थाका अध्यक्ष नेपालले मायाकाे चिनाे प्रदान गर्नु भयाे ।
कार्यक्रमकाे कुशल संचालक,शुभकामना मन्तव्य दिनुहुने,संस्थाका सहयाेगी सम्पूर्ण साथीहरूलाई धन्यवाद र आभार व्यक्त गर्दै २७ ओैँ कृति विमाेचनमा उपस्थित सम्पूर्ण साहित्य अनुरागी प्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन भएकाे जानकारी नेपालले गराउनुभयाे ।

