देशभर थपिए ४३६४ संक्रमित



काठमाडौं,२२असोज। बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर ४३६४ संक्रमित थपिएको छ ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबारको प्रेस ब्रिफिङमा थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्