नयाँ ढङ्गले मनाइँदै विश्व शिक्षक दिवस
5,oct, 2020

सन् १९६६ मा प्रस्तावित गरी १९९४ मा संयुक्त राष्ट्रसङ्घद्वारा पारित गरिएको शिक्षण पेशा र पेशाकर्मीहरुको काम कर्तव्य र अधिकार सम्बन्धि सिफारिसको सम्झनामा र समीक्षा गर्न अक्टोबर ५ मा मनाइने विश्व शिक्षक दिवस यसपाली कोविड १९ को कारणले उत्पन्न नयाँ परिस्थितिमा विशेष ढङ्गले २४ घण्टा डिजिटल रैलीको रुपमा मनाइँदैछ।
आज बिहान नेपाली समय सात बजे सुरु भएको उक्त कार्यक्रममा न्युजिल्याण्ड, अस्टरेलिया, पपुवा न्युगिनी हुँदै एसियामा प्रवेश गरको थियो। बिहान १०ः३० बजे नेपालको मामिलामा प्रवेश गरेको थियो। नेपालमा प्रवेश गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको भिडियो मन्तव्य थियो। त्यसैगरी दक्षिण एसियामा भएको प्यानेल डिस्कनमा सार्क शिक्षक महासङ्घका महासचिव लक्ष्मण शर्माले नेपाल र दक्षिण एसियामा महामारीमा विद्यालय र शिक्षामा देखिएका चुनौतिहरुको बारेमा बोल्नुभएको थियो। त्यसपछि उत्तर एसिया, मध्यपूर्व र अरब हुँदै अहिले राती ८ बजे पश्चिम युरोपको शिक्षा र शिक्षक समस्याको बहस भइरहेकोछ। भोलि बिहान सात बजेतिर हुने समापनमा उत्तर र दक्षिण अमेरिकाको शैक्षिक मुद्दाहरुमा बहस गर्नेछन्। कार्यक्रममा कोविड १९ को महामारीमा शिक्षकहरुले पु-याएको योगदानको बारेमा पनि कार्यक्रमहरु प्रस्तुत भइरहेकोछ।
उक्त कार्यक्रम www.5Oct.org वेबसाइटमा प्रस्तुत भइरहेकोछ। सोसल मिडियामा आधिकारिक ह्यासट्याग #5octLive र #WorldTeachersDay प्रयोग गरिएका छन्।

