व्यवसायीलाई दण्ड र जरिवाना मात्र गर्ने नभइ व्यावसायिक वातावरण बनाउन सरकारसँग सांसद कार्कीको आग्रह



काठमाडौं,२२ बैशाख । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले व्यवसायीलाई दण्ड र जरिवाना मात्र गर्ने नभई व्यावसायिक वातावरण बनाउन सरकारसंग आग्रह गरेका छन् ।प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा बोल्दै कार्कीले सो आग्रह गरेका हुन् ।

सरकारले १५ दिनको मात्र समय दिएर एमआरपी अनिवार्य गर्दा अन्तर्राष्ट्रिय व्यापार चक्र नै बिग्रिएको दाबी समेत सांसद कार्कीले गरे । एमआरपी लेबल नभएकै कारण हाल नेपालका विभिन्न नाकामा ५ हजार कन्टेनर र भारतको कोलकाता तथा भाइजाग बन्दरगाहमा १५ सय गरी कुल ६ हजार ५ सय कन्टेनर अलपत्र परेको जानकारी दिंदै उनले यसले गर्दा बजारमा सामानको अभाव हुने र कृत्रिम मूल्यवृद्धि बढ्ने निश्चित रहेको बताए ।‘सामान बाटोमै छन्, तर सरकारले नाकामा तर सरकारले नाकामा आएपछि एमआरपी खोज्छ । यसले गर्दा बजारमा सामानको अभाव हुने र कृत्रिम मूल्यवृद्धि बढ्ने निश्चित छ,’ उनले चेतावनी दिए ।

‘युरोप र अमेरिका जस्ता तेस्रो मुलुकबाट सामान नेपाल आइपुग्न कम्तीमा ३ महिना लाग्छ । तर सरकारले १५ दिनको सूचना दिएर एमआरपी अनिवार्य गर्दा बाटोमा रहेका सामानमा कसरी लेबल लगाउने रु यसले गर्दा अहिले ठुलो व्यावसायिक सङ्कट पैदा भएको छ’- सांसद कार्कीले भने।

बैठकमा बोल्दै सांसद क्षितिज थेबे,सांसद सृजना श्रेष्ठ लगायतलेसरकारले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखाएको व्यवहारिक अस्पष्टताका कारण वैदेशिक व्यापारमा गम्भीर सङ्कट देखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए । file foto

प्रतिक्रिया दिनुहोस्