नृत्य निर्देशक संघमा नयाँ समिति



काठमाडौं २७ पौष । ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ नृत्य निर्देशक संघ नेपाल,केन्द्रीय कार्यालय, काठमाडौंको ११ औँ साधारण सभा तथा तेस्रो केन्द्रीय अधिवेशन शनिवार कृषि तालिम केन्द्र बोडेमा सम्पन्न भएको छ ।

अधिवेशनले भुवन श्रेष्ठको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष शम्भु शाही,उपाध्यक्ष केशव कोईराला,महिला उपाध्यक्ष शारदा सोती शर्मा, महासचिव ऋषीकेश श्रेष्ठ, सचिव कृष्ण रसाल,कोषाध्यक्ष संगीता साही खड्गी,सहकोषाध्यक्ष भोगेन्द्र मानन्धर रहेको नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा क्रमशः अजय कुमार बिष्ट,बिजय घिसिङ, पिङ्की खड्का,चुडामणी फुयाल,छिरिङ लामा,बाबु सेञ्चुरी, देवराज गुरुङ रहनु भएको छ भने मनोनितव्दय विमल नेपाल कोशी प्रदेश,लोकेन्द्र शाह गण्डकी प्रदेश रहनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष भुवन श्रेष्ठले हार–जित जो–जसको भए पनि आगामी दिनमा एकताबद्ध भई,सहकार्य र समझदारीका साथ संस्थालाई अझ सशक्त बनाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्