‘युप्पारुङ बाँधेर’को सुटिङ सुरु
काठमाडौं,६ पौष । लिम्बु जातिको संस्कार र संस्कृतिमा आधारित पूर्वेली शैलिको गीत ‘युप्पारुङ बाँधेर’को छायांकन अमेरिकाबाट सुरु भएको छ । जेपिजे इन्टरटेनमेन्टका लागि किशोर सुब्बा निर्माता, निर्देशक रहेको गीतका रचनाकार बिवश वेनाम हुन भने मनि ताम्लिंङ्को संगीत तथा एरेन्जमा सुनिता थेगिम र मनि ताम्लिङ्गले स्वर दिएका छन् ।

म्युजिक भिडियोको छायांकन अमेरिकाको ज्याक्सन हाईटको शेर्पा किदुक हलमा किरात याक्थुङ्ग चुम्लुङ्को आयोजनामा २०२५ डिसेम्वर २० तारिक शनिवार चासोक तम्ङ्नाम कार्यक्रमसंगै प्रारम्भ गरेको निर्देशक सुब्बाले जानकारी दिए।
कोरियोग्राफ नृत्य निर्देशन गोविन्द राईको रहने भिडियोमा रन्जिता गुरुङ्ग र सुमन थाम्सुहांङ्ले अभिनय गरेका छन् भने किरात याक्थुंङ् चुम्लुंङ् अमेरिकाका कलाकारहरुले अभिनयमा साथ दिएका छन् । सम्राट कार्कीको छायांकन रहेको यस म्युजिक भिडियोमा बिभिन्न चार्डपर्वलाई समेट्नु पर्ने भएकोले करिव आठ महिना समय छुट्याईएको निर्देशन किशोर सुब्बाले बताए।

