अमृत भारतीको ‘प्याउली’ सार्वजनिक (भिडियो सहित)



 

 

काठमाडौं,१७ मंसिर । एक पछि अर्को सिर्जना सार्वजनिक गर्दै आईरहनु भएका रामकुमार नेपाली र अमृत भारतीको जोडीले ‘प्याउली’बोलको सुन्दर भिडियो श्रोता,दर्शक माझ ल्याउनु भएको छ ।

लोकप्रिय कलाकार शम्भु बराईली र नेपाल आइडल सिजन ६ कि विजेता गङ्गा सोनामको स्वर, अमृत भारतीको शब्द, शम्भु बराईलीको लय सङ्कलन, रामकुमार नेपालीको संगीत संयोजन रहेको गीतको भिडियोमा लोमश शर्मा र आयुष्मा कार्की लगायतको अभिनय रहेको छ ।

भारती पिक्चरको व्यानरमा निर्मित भिडियोमा छायांकन अविनाश श्रेष्ठ, सम्पादन प्रगति सुब्बा, श्रृंगार कविता तोलाङ्गे, कोरियोग्राफर प्रवेश घतानी र निर्देशन राम कुमार नेपालीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्