डलर साटिदिने बन्दै ५ लाख रुपैयाँ ठगी

भक्तपुर , १ असोज । मध्यपुर ठिमी नगरपालिका २ मनहरा दिव्यश्वरी प्लानिङबाट डलर साटिदिने भन्दै नगद ५ लाख रुपैयाँ ठगी भएको छ। काठमाडौं तार्केश्वर नगरपालिका ७, फुटुङ बस्ने २८ वर्षीय पुरुषको पाँच लाख रुपैयाँ ठगी भएको हो। ती पुरुषलाई सोमबारदेखि हामी चिनजानको साथी हौं भन्दै अपरिचितले फोन गरेर डलर साट्न बोलाई उक्त रकम लिई कपडाको टुक्रामा सेतो धर्के कागज पोको पारी दिएर तीनजना अपरिचित व्यक्ति फरार भएको बताइएको छ । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


