सक्रिय संक्रमितको संख्या १५ हजार ७७९, ४० हजार ६३८ कोरोनामुक्त



काठमाडौं, ३० भाद्र । नेपलमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या​ ५६ हजार ७ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ हजार ६२ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७८० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ३७५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५० जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेको छ । २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्